काठमाडौं, १५ चैत्र । समाजवादी मोर्चाको जनप्रदर्शको तयारी सुरु भएको छ। काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने बृहत्त प्रदर्शनको लागि मोर्चाले अहिले १२ बजेबाट मात्रै र्याली निकाल्ने भनेको छ । एसईई परीक्षालाई ध्यानमा राखेर मोर्चाले र्याली निकाल्ने समयमा फेरबदल गरेको हो ।
मोर्चामा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादीं), नेपाल समाजवादी पार्टी र नेकपासम्मिलित छन् । मोर्चाको सभा भने भृकुटीमण्डपको बीच सडकमा तोकिएको छ। सभालाई पूर्व प्रधानमन्त्रीद्धय पुष्पकमल दाहाल, माधवकुमार नेपाल, नेत्रविक्रम चन्द, महिन्द्रराय यादवलगायतले सम्बोधन गर्ने तय भएको छ । र्याली निकाल्नेगरि मोर्चाका नेता तथा कार्यकर्ता तयारी अवस्थामा बसेका छन् । अप्रिय घट्ना नहोस भनेस प्रहरी प्रशासनको पनि सडकमा आज बाक्लो उपस्थिति छ ।





प्रतिक्रिया