काठमाडौं, १५ चैत । लुम्बिनी विकास कोषले जग्गा उपलब्ध गराएको क्षेत्रमा गुम्बा बनाउने विषयमा धर्म गूहरुबीच नै विवाद देखिएको छ । धर्म गुरुहरुको विवादकै कारण नेपाली कांग्रेसकी नेतृ एवं परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले गुम्बा बनाउन भूमिपुजन गरेको जग्गामा आज पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः भूमिपुजन गर्ने तयारी रहेको बताइएको छ ।
यतिबेला रूपन्देहीको भ्रमणमा रहेकी भण्डारीले आज पुनः सो क्षेत्रमा गुम्बा बनाउन भूमिपुजन गर्ने बताइएको छ । यसअघि सेन्चुरी फर युनिभर्सल पिस (रिङ्गिङ येशे इङ्क यूएसए) संस्थापक श्याल्पो रिन्पोछेको अगुवाइमा परराष्ट्रमन्त्री डा.राणाले भूमिपुजन गरेर गुम्बा निर्माण कार्य अगाडि बढेको थियो । सोही जग्गामा थुक्छे छोइलिङ मोनासस्ट्री नामक गुम्बाको अगुवाइमा पूर्वराष्ट्रपति भण्डारीको प्रमुख आतिथ्यमा फेरि भूमिपूजन गर्न लागिएको हो ।
शान्तिका प्रतीक गौतमबुद्ध जन्मस्थल लुम्बिनी र लुम्बिनी विकास कोष पछिल्लो समय पटक–पटक विवादमा तानिँदै आएको छ । उक्त जग्गाका बारेमा उच्च अदालत तुलसीपुर बुटवलमा मुद्दासमेत दर्ता भइसकेको छ ।



प्रतिक्रिया