काठमाडौं, १५ चैत । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले समाजवादी मोर्चाको आह्वानमा हुने विशाल जनप्रदर्शनमा सहभागी नहुने बताएका छन् । आज (शुक्रबार) काठमाडौंको. भृकुटीमण्डपमा आयोजना हुने खबरदारी सभामा समाजवादी मोर्चामा आवद्ध चार दलका नेताहरुलाई मात्रै बोल्ने कार्यसूचीमा राखिएको आफूलाई नराखिएको भन्दै उनले उक्त कार्यक्रममा नजाने बताएका हुन् ।
नेता खनालले आफू दर्शकमात्रै बन्नका लागि सो कार्यक्रममा नजाने बताएका छन् । उनले पुनरुत्थानवादी, प्रतिगामी र यथास्थितिवादी विरुद्ध भएको प्रदर्शनमामा भने आफ्नो पूर्ण समर्थन रहेको बताएका छन् ।
प्रतिक्रिया