काठमाडौं, १५ चैत । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँको आह्वानमा काठमाडौंको तीनकुनेमा राजावादीहरुको प्रदर्शन सुरु भएको छ । प्रदर्शनमा सहभागी हुन मानिसहरु आउने क्रम जारी रहेको छ । प्रर्दशनकै कारण सवारी आवागमन ठप्प भएको छ ।
राजसंस्था, हिन्दु राष्ट्रको पक्षमा र संघीयता खोरेजीको मागसहित उनीहरुले प्रदर्शन गरेका हुन् । सो कार्यक्रममा राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत राजवादी र हिन्दु राष्ट्रका पक्षधर विभिन्न संघ संस्थाहरुको समर्थन रहेको छ ।



प्रतिक्रिया