काठमाडौं, १५ चैत । आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका कुलमान घिसिङको मुद्दामा आइतबार सुनुवाइ हुने भएको छ । आज (शुक्रबार) न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा सुनुवाइ तोकिएको उक्त मुद्दामा सरकारको कुरा पनि सुन्नुपर्ने भन्दै आइतबार पुनः सुनुवाइको लागि तोकिएको हो ।
गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो । शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका शाक्यले पनि प्राधिकरणसँग सम्बन्धित आफ्नो पुरानो मुद्दा टुङ्ग्याइदिन भन्दै निवेदन दिएका थिए । आजको सुनुवाइमा आइतबार कुलमान र हितेन्द्र दुवैको मुद्दालाई साथै राखेर हेर्ने आदेश भएको छ ।
प्रतिक्रिया