काठमाडौं, १५ चैत्र । विपक्षी दलहरुको माग सम्बोधन गर्नको लागि सत्ता पक्ष तयार भएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विषयमा विपक्षी दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ मागेका छन् । तर, प्रधानमन्त्री ओलीले आज विहानसम्म जवाफ नदिने अडान लिएका थिए ।
तर, विपक्षीहरु टसमस नभएपछि सत्तापक्षले प्रधानमन्त्रीले चैत्र १८ गतेको बैठकमा जवाफ दिनेगरि प्रस्ताव राखेको छ । सत्तापक्षको प्रस्तावबारे विपक्षी गठबन्धनले निर्णय दिएको छैन् ।
प्रमुख विपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल समाजवादी मोर्चाको विरोधसभामा सहभागी भएकोले जवाफ साँझसम्म दिने भनिएको छ। कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले प्रधानमन्त्रीको तर्फबाट चैत्र १८ गते जवाफ दिने प्रस्ताव भएको जानकारी दिए ।
प्रतिक्रिया