राजावादी र गणतन्त्र पक्षधर शक्ति प्रदर्शनमा उत्रिएकै दिन बाबुराम शितलनिवासमा, राष्ट्रपतिसँग के कुरा भयो ?

0
Shares

काठमाडौं, १५ चैत्र । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । शितलनिवासमा पुगेर बाबुरामले राष्ट्रिय राजनीति र समसामयिक विषयमा छलफल गरेका हुन् । राष्ट्रपति पौडेलमा अहिलेको समस्या हल गर्न दलहरु गम्भीर हुन र गणतन्त्रको रक्षा गरून भन्ने अनुभूति पाएको भट्टराईले सुनाएका छन् ।

उनले लेखेका छन्–
‘देशको प्रमुख अभिभावकको नाताले राष्ट्रपतिज्यूमा लोकतान्त्रिक राज्य प्रणालीमा स्वाभाविक रूपमा बेलाबखत देखापरिरहने राजनीतिक, आर्थिक, सामाजिक, सामरिक, प्रशासनिक क्षेत्रका समस्या दलहरूका नेतृत्वले नै आपसी संवाद र सहमतिबाट हल गरून् र जनताले लामो संघर्षबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरून् भन्ने सदीक्षा रहेको अनुभूति भयो।’