तीनकुनेमा प्रदर्शनकारी र प्रहरीबीच झडप, एक घरमा आगलागी

0
Shares

काठमाडौं, १५ चैत । राजावादीहरुको प्रदर्शनको क्रममा तीनकुनेमा झडप भएको छ । प्रर्दशनको क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो । झडपका कारण राजवादीहरुको मुख्य कार्यक्रम नै विथोलिएको छ ।

प्रदर्शनकारीहरुले एक घरमा आगजानीसमेत गरेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा, लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको थियो ।

घरमा लगाइएको आगो नियन्त्रणका लागि आएको दमकलमाथि पनि प्रदर्शनकारीहरुले ढुङ्गा प्रहार गरेका छन् । अहिले तीनकुनेको वातावरण अशान्त बनेको छ ।