काठमाडौं, १५ चैत्र । राजावादीहरुको प्रदर्शनले उग्र रुप लिएको छ । प्रदर्शनकारीहरूले तीनकुनेस्थित अन्नपूर्ण पोस्ट्को कार्यालयमा पनि ढुंगा प्रहार गरेका छन्। प्रहरीले तीनकुनेबाट तितरवितर पारेपछि उनीहरू अन्नपूर्ण कार्यालय अगाडि आएर ढुंगामुडा गरेका हुन्। उनीहरुले उग्र रुप देखाएपछि प्रहरीले अश्रुग्याँसपनि प्रहार गरेको थियो ।
प्रदर्शनकारीहरुले व्यक्तिको घर नै जलाएपछि प्रहरीले पाँच राउण्ड हवाई फायर गरेको थियो । त्यसपछि तितरवितर भएको भीडले अन्नपूर्ण पोष्टको मुख्यालयमा ढुंगामुडा प्रहार गरेको हो । अहिले प्रदर्शनकारीको भीड माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडातर्फ जान खोजेको बुझिएको छ ।
प्रतिक्रिया