काठमाडौं, १५ चैत । नेकपा (एमाले) ले राजावादी समूहहरुको हिंसात्मक प्रदर्शनमा संलग्नलाई तत्काल कानुनी कारबाही गर्न माग गरेको छ । आज (शुक्रबार) राजावादी समूहले तीनकुने क्षेत्रमा गरेको प्रदर्शनका क्रममा सर्वसाधारण नागरिकको घर, व्यवसायिक भवन, सञ्चारगृह, राजनीतिक दलका कार्यालय र सरकारी भवनमाथि आगजनी र लुटपाट गरेका थिए ।
एमालेले राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनतालाई लोकतन्त्रका पक्षमा र पश्चगमनका दुष्प्रयासका विरुद्ध गोलबन्द हुन आह्वानसमेत गरेको छ ।
‘आजका आपराधिक क्रियाकलापमा सङ्लग्नहरुलाई तत्काल कानुनी दायरामा ल्याउन र शान्तिसुरक्षाको प्रभावकारी प्रबन्ध गर्न सरकारसँग माग गर्दछ,’– एमाले महासचिव शंकर पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया