सटरभित्र लुकेर बसेका दुर्गा प्रसाईं आन्दोलनको हट–स्पट छोडेर भागे

0
Shares

काठमाडौं, १५ चैत्र । आफ्नै कमाण्डको आन्दोलन तनावग्रस्त भएपछि दुर्गा प्रसाईं ठूलो तनावमा परेका छन् । प्रसाईंकै कारण तीनकुनेमा स्थिति नियन्त्रणबाहिर पुगेको प्रहरी प्रशासनको रिर्पोटिङ छ । उनी आफैं गाडी चलाएर निषेधित क्षेत्र तोड्न उद्धत भएको र प्रदर्शनकारीलाई पनि उक्साएको प्रहरीको बुझाई छ ।

त्यसपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो । भिड नियन्त्रण गर्नको लागि प्रहरीले अश्रुग्याँस प्रहार गरेको भएपनि प्रदर्शनकारीले ढुंगामुडा गर्न थालेपछि स्थिति नियन्त्रणबाहिर पुगेको हो । कतिसम्म भने प्रदर्शनकारीले निजी घरमा समेत तोडफोड गर्नुको साथै आगो लगाईदिए । आगो नियन्त्रणमा आएका दमकलपनि प्रवेश गर्न दिईएन ।

प्रहरीले स्थिति नियन्त्रणमा लिनको लागि हवाई फायरसमेत गरेको थियो । स्थिति उग्र रुपमा परिणत भएपछि आन्दोलनको जनकमाण्डर प्रसाईं एक सटरमा लुकेर बसेको बताईन्छ । उनी अहिले भर्खरै एक गाडीमार्फत सुटुक्क आन्दोलन स्पट छोडेर भागेका छन् । उनी तीनकुने छोडेर निस्किएका छन् ।

तर, कहाँ गए ? भन्ने कुरा अहिलेसम्म खुलाईएको छ । आन्दोलन गर्नु अघिल्लो दिन उनले पूर्वराजा ज्ञानेन्द्र शाहसँग निर्मलनिवासमा भेटेका थिए । अब कसरी अघि बढ्ने भन्नेबारे रणनीति बुन्न उनी पूनः ज्ञानेन्द्रकहाँ जाने हल्ला छ । सरकारले भने आजको परिस्थितिको समिक्षा गर्दै यसमा पूर्वराजा ज्ञानेन्द्रलाई समेत निगरानीमा राख्नेगरि तयारी थालेको छ । प्रसाईंले ज्ञानेन्द्रसँग भेटेर आन्दोलन गरेकोले यो परिस्थिति सिर्जना हुनुमा ज्ञानेन्द्रको पनि दोष रहेको सरकारको निश्कर्ष छ । file photo