काठमाडौं, १५ चैत । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईँले राजतन्त्र र हिन्दु राष्ट्रको पक्षमा गरेको गरेको प्रर्दशनले तीनकुनै क्षेत्र दिनभर अशान्त भएको छ । सो क्रममा प्रदर्शनकारीहरुले संयमता गुमाउँदा प्रहरीमाथि नै आक्रमण भएको छ । प्रदर्शनकारीहरुले प्रहरीको हतियारसमेत खोसेका छन् । सो क्रममा उनीहरुले व्यक्तिको घर जलाइएका छन् । प्रदर्शनकारीको आक्रमणका कारण सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीको टाउको नै फुटेकोछ ।

प्रदर्शनकारीहरुले अगालागी नियन्त्रणका लागि आएको दमकलमा समेत ढुङ्गामुडा गरेका थिए । उनीहरुले तीनकुने क्षेत्रमा ताण्डव नृत्य देखाइरहँदा सरकार भने मुकदर्शक भएर बसेको छ । राजावादीहरुले आह्वान गरेको आजको प्रदर्शन नियन्त्रणबाहिर जानसक्ने आँकलन पहिला नै गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजोमात्रै सार्वजनिक कार्यक्रममा आन्दोलनबारे खिसिट्युरी गर्दै ‘१०/१५ हजार मानिस आउने हुन्, त्यति मानिसको आन्दोलन त नेपालमा दिनै भइरहन्छ’ भन्दै अभिव्यक्ति दिएका थिए ।

सरकारले सम्भावित सुरक्षा चुनौतिलाई कम आँक्दा तिनकुने क्षेत्र दिनभर नै रणमैदानमा परिणत भएको छ । प्रसाईँले हिजोमात्रै पूर्वराजा ज्ञानेन्द्र शाहलाई निर्मल निवासमा दर्शन भेट गरेर फर्किएका थिए । यस घटनमा पूर्वराजा ज्ञानेन्द्र र प्रसाईँलाई जिम्मेवार बनाइनुपर्ने मतहरु आउन थालेको छ ।


प्रतिक्रिया