भूकम्पबाट बैंककमा कम्तीमा दुई जनाको मृत्यु

0
Shares

बैंकक, १५ चैत । थाई आपत्कालीन प्रतिक्रियाकर्ताहरूले राजधानी बैंककमा शक्तिशाली भूकम्प आएपछि खसेको भवनको भग्नावशेषमुनि दुई जनाको मृत्यु भएको र अज्ञात सङ्ख्यामा अन्य अझै रहेको बताएका छन् ।

उद्धारकर्मी सोङ्वुट वाङपोनले निर्माणाधीन अग्लो भवनको भग्नावशेषको थुप्रो बाहिर कुरा गर्दै पत्रकारहरूलाई अन्य सात जना जीवित फेला परेका जानकारी दिए ।

शुक्रबार दिउँसो ७.७ म्याग्निच्युडको भूकम्प आउँदा बहुतले भवन ढल्यो, जसका कारण भवनको शिरमा रहेको क्रेन भुइँमा ढल्यो र धुलोको विशाल हावा देखिएको थियो । रासस