माधव नेपालको पार्टी कार्यालय तोडफोड

0
Shares

काठमाडौं, १५ चैत । राजावादीहरुले नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालय तोडफोड गरेका छन् । उनीहरुले आलोकनगरमा रहेको एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा तोडफोड गरेका हुन् । प्रदर्शनकारीहरुले पार्टी कार्यालय अगाडि आगजानीसमेत गरेका थिए ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईँले राजतन्त्र र हिन्दु राष्ट्रको पक्षमा गरेको गरेको प्रर्दशनले तीनकुनै क्षेत्र दिनभर अशान्त भएको छ ।

प्रदर्शनकारीहरुले प्रहरीमाथि नै आक्रमण गरेका छन् । प्रदर्शनकारीहरुले प्रहरीको हतियारसमेत खोसेका छन् । सो क्रममा उनीहरुले व्यक्तिको घर जलाइएका छन् । प्रदर्शनकारीको आक्रमणका कारण सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीको टाउको नै फुटेकोछ ।