काठमाडौं, १५ चैत्र । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को मुख्यालयमा आगजनी भएको छ । राजावादीहरुको प्रदर्शन विथोलिएपछि तीनकुनेबाट उनीहरु अन्नपूर्ण पोष्टको मुख्यालय, कान्तिपुर टिभीको गेट, माओवादी कार्यालय र नेकपा (एकीकृत समाजवादी) को मुख्यालयतर्फ अघि बढेका थिए ।
यो समाचार तयार पार्दासम्म माओवादी मुख्यालय हाताभित्र प्रदर्शनकारी प्रवेश गर्न पाएका छैनन् । त्यहाँ ठूलो संख्यामा माओवादीका कार्यकर्ताहरु र प्रहरी तैनाथ छन् । तर, माधव नेपालको दलको मुख्यालयमा भने प्रदर्शनकारी पुगेर तोडफोड गरेका थिए । Photo By: Ramgopal Raya Yadav






प्रतिक्रिया