काठमाडौं, १५ चैत्र । सिंहदरबारमा सुरक्षा निकायका प्रमुखहरुको बैठक सुरु भएको छ । तीनकुनेमा राजावादी प्रदर्शनकारीहरुको उग्र रुप देखिएपछि स्थिति तनावग्रस्त भएको थियो । अहिले सिंहदरबारस्थित् गृहमन्त्रालयमा सबै सुरक्षा निकायका प्रमुखहरु भेला भएका छन् ।
प्रहरीले संयमतता अपनाएकोले ठूलो घट्ना हुन नसकेको गृहमन्त्री रमेश लेखकको विश्लेषण छ । लेखकले दुर्गा प्रसाईंले प्रहरीलाई मार्ने उद्देश्यले गाडी चलाएको पनि टिप्पणी गरेका छन् । अब कसरी अघि बढ्ने भन्नेबारे गृहमन्त्री लेखकले सुरक्षा निकायका प्रमुखहरुलाई राखेर निर्देशन दिने भएका छन् ।
प्रतिक्रिया