बानेश्वर-तिनकुने क्षेत्रमा कर्फ्यू आदेश जारी

0
Shares

काठमाडौं, १५ चैत । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बानेश्वर–तिनकुने क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ । राजवादीहरुको आन्दोलन मुडभेडतिर गएपछि प्रशासनले अपरान्ह ४ः२५ बजेदेखि रातीको १० बजेसम्मको लागि कर्फ्यू लगाएको हो ।

गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुदै कोटेश्वर, कोटेश्वरदेखि जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखी शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म कर्फ्यू आदेश जारी गरिएको छ ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईँले राजतन्त्र र हिन्दु राष्ट्रको पक्षमा गरेको गरेको प्रर्दशनले उग्ररुप लिएको हो । सो क्रममा प्रदर्शनकारीहरुले संयमता गुमाउँदा प्रहरीमाथि नै आक्रमण भएको थियो । प्रदर्शनकारीहरुले प्रहरीको हतियारसमेत खोसेका छन् । सो क्रममा उनीहरुले व्यक्तिको घर जलाइएका छन् । प्रदर्शनकारीको आक्रमणका कारण सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीको टाउको नै फुटेकोछ ।