काठमाडौं, १५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिरिषद्को आकष्मिक बैठक बोलाएका छन् । आज (शुक्रबार) बेलुकी ८ बजे बस्नेगरी मन्त्रिपरिषद्को बैठक बोलाइएको बताइएको छ । राजावादी समूहको प्रदर्शन हिंसात्मक भएपछि थप निर्णय लिन मन्त्रिपरिषद्को आकष्मिक बैठक बोलाइएको हो । यसअघि सुरक्षा समितिको बैठक समेत बसेको थियो ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईँको नेतृत्वमा राजावादीहरुले आज तीनकुनेमा प्रदर्शनको तयारी गरेका थिए । जनसभाको संज्ञा दिइएको उक्त कार्यक्रम सुरु हुनुभन्दा पहिला नै प्रदर्शनकारी र प्रहरीबीच घम्साघम्सी भएपछि उनीहरुले तीनकुनेमा व्यक्तिको घरमा आगजनीसमेत गरेका थिए । उनीहरुले प्रहरीको भ्यानमा समेत आगजानी गरेका छन् ।
त्यसैगरी, नेकपा (एकीकृत समाजवादी) को कन्द्रीय कार्याल, कान्तपुर टेलिभिजन रहेको भवन, अन्नपुर्ण पोष्टको भवनलगायतमा तोडफोड र आगजानीको प्रयास गरेका थिए । File Photo/RN
प्रतिक्रिया