काठमाडौं, १५ चैत । राजावादी समर्थकहरुले प्रदर्शनको क्रममा कान्तिपुर टेलिभिजनमा ढुंगामुढा र तोडफोड गरेका छन् । उनीहरुले गरेको ढुंगामुढा र तोडफोडबाट टेलिभिजन रहेको भवनको चौथो तल्लामा रहेको समाचार कक्षमा क्षति पुगेको छ ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईँले राजतन्त्र र हिन्दु राष्ट्रको पक्षमा गरेको गरेको प्रर्दशनले उग्ररुप लिएको हो । सो क्रममा प्रदर्शनकारीहरुले संयमता गुमाउँदा प्रहरीमाथि नै आक्रमण भएको थियो । प्रदर्शनकारीहरुले प्रहरीको हतियारसमेत खोसेका छन् । सो क्रममा उनीहरुले व्यक्तिको घर जलाइएका छन् । प्रदर्शनकारीको आक्रमणका कारण सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीको टाउको नै फुटेकोछ ।
प्रदर्शनकारीहरुले तीनकुनेमै रहेको अन्नपूर्णपोस्टको कार्यालयमा पनि तोडफोड रआगजनीको प्रयास गरेका छन् । प्रर्दशनकारीहरुले कोटेश्वरको भाटभटेनी र नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा पनि तोडफोड र आगजनी गरेका छन् ।
.
प्रतिक्रिया