राजावादी समूहको प्रदर्शनका क्रममा एक जना प्रदर्शनकारीको मृत्यु

0
Shares

काठमाडौं, १५ चैत । राजावादी समूहको प्रदर्शनको क्रममा एक जना प्रदर्शनकारीको मृत्यु भएको छ । आज (शुक्रबार) तीनकुनेमा भएको प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर २९ वर्षीय सविन महर्जनको मृत्यु भएको हो ।

गृहमन्त्रालयका सहसचिव छवि रिजालका अनुुसार प्रहरीको गोली लागेर महर्जनको मृत्यु भएको हो । ‘पूर्वराजाका समर्थकहरुबाट तीनकुने क्षेत्रमा जुन प्रदर्शन भयो । त्यो प्रदर्शन अत्यन्त हिंसात्मक भयो । सभ्य समाजले लाज मान्नु पर्ने खालको आन्दोलन आज हामीले देख्यौं ।…. तीनकुने क्षेत्रमा भएको झडपको क्रममा एक जना कीर्तिपुर–४ बस्ने सविन महर्जनको मृत्यु भएको छ,’– उनले भने ।