काठमाडौं, १५ चैत । काठमाडौं मेडिकल कलेज (केएमसी) ले आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क उपचार सेवा सुरु गरेको छ । अस्पताल प्रशासनका अनुसार घाइतेहरूलाई आवश्यक सम्पूर्ण उपचार निःशुल्क प्रदान गरिनेछ। अस्पताल प्रशासन प्रमुख नारायणप्रसाद दाहालले घाइतेहरूलाई तुरुन्तै अस्पतालमा सम्पर्क गर्न आग्रह गरेका छन्।
यो निःशुल्क उपचार सेवा नेपाली कांग्रेसका युवा नेता तथा सांसद डा. सुनिल शर्माको विशेष पहलमा सम्भव भएको हो। समाजसेवामा समर्पित सांसद शर्माले नेपालभरि निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएका छन्, जसबाट लाखौं नागरिकहरूले लाभ लिएका छन्। गम्भीर बिरामीहरूको लागि काठमाडौं मेडिकल कलेज (केएमसी) र नोबेल मेडिकल कलेजमा निःशुल्क उपचारको व्यवस्था गर्दै आएका छन् ।
सांसद शर्माले आफ्नो निर्वाचन क्षेत्रका जनताका लागि नोबेल मेडिकल कलेजमा निःशुल्क क्याबिनको व्यवस्था गरेका छन् । साथै, काठमाडौं मेडिकल कलेजमा पनि आर्थिक रूपमा कमजोर बिरामीहरूको निःशुल्क उपचारको व्यवस्था गर्दै आएको छ ।
सांसद डा. शर्मा नेपालका एक मात्र तलबभत्ता नलिने सांसद हुन्। उनले आफ्नो सम्पूर्ण जीवन समाजसेवा र मानवताको सेवामा समर्पित गर्दै आएका छन् ।




प्रतिक्रिया