काठमाडौं, १५ चैत्र । नेकपा (एमाले) का सांसद सूर्य थापाले दुर्गा प्रसाईं, रविन्द्र मिश्र र धवलशमशेर जबरालाई तत्काल पक्राउ गरी कानूनी कारबाहीमा ल्याउन माग गरेका छन् ।
उनले सामन्ती दासता र प्रतिगमनका प्रेतहरु भनेर यी तीन जनालाई संज्ञा दिएका छन् । उनले आज भएको हिंसा, आगजनी, लुटपाट र जनधनको क्षतिका लागि तीनै जना जिम्मेवार रहेको आरोप लगाएका छन् ।
प्रतिक्रिया