राजावादी समूहको आगजनी परी पत्रकार सुरेश रजकको मृत्यु

0
Shares

काठमाडौं, १५ चैत । राजावादी समूहको आगजनीमा परी पत्रकार सुरेश रजकको मृत्यु भएको छ । एभिन्युज टेलिभिजनमा क्यामेरा पर्सनको रुपमा कार्यरत रजक तीनकुनेमा रिपोर्टीङको क्रममा थिए ।

राजावादी समूहले आगजनी गरेको घरभित्र पत्रकार रजकको शव चिन्न नसकिने अवस्थामा फेला परेको बताइएको छ । राजावादी समूहहरुले सुरुमा तीनकुनेको रोयल बैंक्वेट नजिकैको घरमा तोडफोड र आगजनी गरेका थिए । पत्रकार रजक सोही आगजनीको दृष्य खिच्ने क्रममा सो घरमा भित्र फसेको बताइएको छ ।