तोडफोड, हिंसा र अराजकताको निन्दा गर्दै कांग्रेस महामन्त्रीद्धय शर्मा र थापाको संयुक्त अपिल : नेपालीका लागि राजतन्त्र किमार्थ विकल्प हुन सक्दैन

0
Shares

काठमाडौं, १५ चैत्र । नेपाली कांग्रेसका महामन्त्रीद्धय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले तीनकुनेमा भएको हिंसात्मक घट्नाको निन्दा गरेका छन् । उनीहरुले तोडफोड, हिंसा र अराजकताको निन्दा गर्दै शान्ति र संविधानकै मार्गबाट अघि बढ्नपनि अपिल गरेका छन् । महामन्त्रीद्धयले आज साँझ एक विज्ञप्ती जारी गर्दै लोकतन्त्रको विकल्प अझ समुन्नत लोकन्त्र भएको र कुनैपनि प्रकारको राजतन्त्र एक्काइसौं शताब्दीको सचेत नेपालीका लागि विकल्प किमार्थ हुन नसक्ने बताएका छन् । उनीहरुले सबै राजनैतिक दलहरुलाई त्यसमा स्पष्ट ढंगले उभिन अपिलसमेत गरेका छन् । उनीहरुले आजको हिंसात्मक घट्ना घटाउने र यसमा सामेल हुने व्यक्तिहरुलाई कडा कानूनी कारबाहीको दायरामा अविलम्ब ल्याउन पनि माग गरेका छन् ।