तीनकुनेको राजावादीको प्रदर्शनबाट उत्पन्न परिस्थितिबारे निर्णय लिने मन्त्रिपरिषद्को बैठक सुरु

0
Shares

काठमाडौं, १५ चैत्र । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। ८ बजे नै बस्ने भनिएको बैठक दुई घण्टा ढिलोगरि अहिले सवा १० बजे सुरु भएको हो । बैठकमा आज राजावादीहरुको प्रदर्शनबाट उत्पन्न परिस्थितिको विषयमा महत्वपूर्ण निर्णय लिने भनिएको छ। आजको प्रदर्शनको क्रममा एक जना पत्रकारसहित दुई जनाको निधन भएको छ ।

निधन हुनेमा एभिन्यूजका पत्रकार सुरेश रजक र एक जना कीर्तिपुर निवासी सबिन महर्जनको निधन भएको हो । सरकारले अहिले तीनकुने क्षेत्रमा कफ्र्यु लगाएको छ ।