धवलशमशेर र रविन्द्र मिश्र पक्राउ परे, दुर्गा प्रसाईंलाई खोज्दै प्रहरी

0
Shares

काठमाडौं, १५ चैत्र । प्रहरीले राप्रपाका नेताहरु धवलशमशे जबरा र रवीन्द्र मिश्रलाई पक्राउ गरेको छ । उनीहरुलाई ललितपुरबाट पक्राउ गरिएको हो । प्रहरीले दुर्गा प्रसाईंलाई पनि आजै पक्राउ गर्नेगरि टिम परिचालन गरेको छ ।

आज भएको तिनकुनेको प्रदर्शनबाट उत्पन्न परिस्थितिको जिम्मेवार व्यक्ति भन्दै जबरा र राणालाई पक्राउ गरेको जनाईएको छ । प्रसाईं भने फेशबुकमा स्टाटस लेख्दै सरकारलाई नै चूनौति दिएका छन् । अहिले बालुवाटारमा क्याविनेट जारी छ। यो बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहलाई निगरानी गर्नेबारे निर्णय लिने बताईएको छ ।