काठमाडौं, १५ चैत्र । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकार आफ्नो काममा असक्षम देखिएको आरोप लगाएका छन् । राजावादीहरुको प्रदर्शनले उग्रता लिएपछि तिनकुने तनावग्रस्त भएको थियो । आज (शुक्रबार) राति प्राइम टिभीबाट प्रसारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो आरोप लगाएका हुन्।
यहीसन्दर्भमा पूर्वप्रधानमन्त्री नेपालले अहिलेको सरकार नियम, कानून र विधिको भन्दापनि विचौलियाको स्वार्थ पूरा गर्ने खेलमा लागेको गम्भीर आरोप लगाए । उनले तीन चार महिनामात्रै कार्यकालको समायावधि बाँकी रहेका कुलमान घिसिङलाई निकालेको बारेमा पनि आलोचना गरे । मनपरी गर्नको लागि सरकार नहुने उनको भनाई छ ।
उनले नेपालमा अब राजसंस्था फर्कने कुनै सम्भावना नभएको जिकिर गरे । उनले ओली नेतृत्वको वर्तमान सरकार सबै मोर्चामा असफल देखिएको आरोप लगाए । उनले आफूहरु सरकार चाहेरपनि ढाल्नसक्ने ठाउँमा नभएको स्पष्ट पारे । उनले आफूहरु ओली सरकारको तमाशा हेरेर बस्न नसक्ने चेतावनी दिए ।
उनले प्रधानमन्त्री ओलीमा अहंकार र बदलाको भावना रहेको आरोप लगाए । उनले सरकारको कामको कारण जनताले विरोध र आलोचना गरिरहेको टिप्पणी गरे । उनले यो सरकार अहंकारले नै अन्त्य हुने जिकिर गरे ।
उनले आफूले प्रधानमन्त्री ओलीसँग भेट नगरेको सुनाए । उनले प्रधानमन्त्री ओलीलाई त आफ्नो पार्टीको नाम सुन्दैमा ज्वरो आउने गरेको टिप्पणी गरे । उनले गणतन्त्रवादीहरु एक हुनको लागि आफूहरु सकारात्मक रहेको स्पष्ट पारे ।
प्रतिक्रिया