कर्फ्यु हटेपछि तीनकुने क्षेत्रमा अनुगमनमा जाँदै गृहमन्त्री

0
Shares

काठमाडौं, चैत १६ । गृहमन्त्री रमेश लेखक राजावादीहरूले क्षति पुर्‍याएको तीनकुने क्षेत्रको अनुगमन गर्ने भएका छन् ।

मन्त्री लेखक अहिले बिहान ९ बजे अनुगमनका लागि त्यस क्षेत्रमा जान लागेका हुन् । शुक्रबार राजतन्त्रका पक्षमा आयोजित आन्दोलनका क्रममा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको छ भने तीनकुने लगायत आसपासका क्षेत्रमा कयौं घरहरू तोडफोड गरेका छन् ।

केही मलहरूमा लुटपाट गरेका छन् । सरकारी र निजी गाडीहरुमा तोडफोडका साथै आगजनी गरेका छन् । जडीबुढी कम्पनीमा आगो लगाइदिएका छन् । त्यस क्षेत्रमा आज बिहान ७ बजेसम्मका लागि कर्फ्यु लगाइएको थियो । अहिले स्थगित गरिएको छ ।