समाजवादी मोर्चाका नेताहरूले गरे नेकपा एस कार्यालयको स्थलगत अनुगमन

0
Shares

काठमाडौं, १६ चैत । शुक्रबार राजधानीमा भएको राजावादी प्रदर्शनको क्रममा नेकपा (एकीकृत समाजवादी) को कार्यालयमा तोडफोड, आगजनी र लुटपाट भएपछि समाजवादी मोर्चाका नेताहरूले स्थलगत अनुगमन गरेका छन्।

शनिबार बिहान नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव, नेकपा महासचिव नेत्रविक्रम चन्द सहितका नेताहरू आलोकनगरस्थित पार्टी कार्यालय पुगेका थिए। उनीहरूले क्षतिको मूल्यांकन गर्दै थप रणनीति बनाउनेबारे बैठकमा छलफल गरेका छन् ।