काठमाडौं, १६ चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित चार दलीय समाजवादी मोर्चाका नेताहरुले तीनकुनेको आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी) को कार्यालय अनुगमन गरेका छन् ।
हिजो (शुक्रबार) राजावादीहरूका प्रदर्शनकारीहरुले एकीकृत समाजवादीको कार्यालयमा तोडफोड र आगजनी गरेका थिए । राजावादी समूहका प्रदर्शनकारीहरुले तोडफोड र आगजनीका कारण एकीकृत समाजवादीको कार्यालयमा ठूलो क्षति पुगेको छ ।
एकीकृत समाजवादीको केन्द्रीय कार्यालय अनुगमनमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादव, माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलगायतका नेताहरु पनि सहभागी थिए ।








प्रतिक्रिया