काठमाडौं, १६ चैत्र । सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीले पदबाट राजीनामा दिएका छन् । आर्थिक लेनदेनसम्बन्धी अडियो सार्वजनिक भएपछि चौधरीले आज पदबाट राजीनामा दिएका हुन् ।
उनी रेशम चौधरी संस्थापक संरक्षक रहेको दल नागरिक उन्मुक्ति पार्टीका सांसद हुन् । उनले आज (शनिबार) मन्त्रालयमा पत्रकार सम्मेलन गरेर राजीनामा घोषणा गरेका हुन् । लगत्तै, मुख्यमन्त्रीलाई भेटेर राजीनामापत्र बुझाएका थिए ।
प्रतिक्रिया