काठमाडौं, १६ चैत्र । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक बोलाएको छ । राजावादीहरुको आन्दोलनपछि विकसित राजनीतिक घट्नाक्रम छलफल गर्न बैठक बोलाईएको नेताहरुले जनाएका छन् । आजको बैठकमा नेताहरुले विकसित राजनीतिक घट्नाक्रमको विश्लेषण गरेर धारणा बाहिर ल्याउने बताईएको छ ।
बैठक आकस्मिक बोलाईएकोले उपलब्ध नेताहरु भौतिक रुपमा उपस्थित हुने र आउन नभ्याईनेहरु भर्चुअल रुपमा जोडिने जनाईएको छ । हिजोमात्रै प्रवक्ता मनिष झाले राजावादीहरुको आन्दोलनको विषयमा निन्दा गर्दै कडा विज्ञप्ती जारी गरेका थिए । file photo
प्रतिक्रिया