काठमाडौं, १६ चैत । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री पदम गिरीले सरकारको कमजोरीका कारण राजावादी समूहरुले हिंसात्म प्रदर्शन र वितण्ड मच्चाएको आरोप लगाएका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकारले प्रदर्शनकारीहरुले जस्तोसुकै हत्काण्ड पनि मच्चाउन सक्छन् भन्ने पूर्वानुमान नै गर्न नसकेको बताए । उनले राजावादी समूहको प्रदर्शनमा आएकाहरु कुनै विचार र सिद्धान्त बोकेका नभएर भाडामा आएको मान्छेहरु रहेको बताए ।
‘हिजो मण्डलेहरुले जुन वितण्ड मच्चाए । सरकारले यो वितण्ड मच्चाउन सक्छन् भन्ने कुरा आँकलन गर्नुपर्थ्यो । किनकी कहाँकहाँबाट कस्ता मान्छे आइराखेका छन्, कुन उद्देश्यले आएका छन् ? यी कुनै राजनीतिक वैचारिक मान्छे होइनन् । देशको लागि, मु्लुकको विकास, सुशासन, समृद्धि र परिवर्तनको लागि आएको शक्ति होइन । त्यो त भाडामा ल्याइएका मान्छेहरु हुन् । त्यसकारण यस्ता शक्तिहरुले जस्तोसुकै हत्कण्ड पनि मच्चाउन सक्छन्, जस्तोसुकै अपराध पनि गर्न सक्छन् भन्ने कुरामा चाहीँ राम्रो पूर्वानुमान हुनुपर्थ्यो र त्यहीअनुसार तयारी हुनुपर्थ्यो जस्तो मलाई पनि लाग्छ,’– नेता गिरीले भने ।
राज्यले. संयममता देखाउने नाममा सीमाभन्दा परसम्म गएर संयममता देखाउँदा हिजोको घटना भएको उनको भनाइ छ । सरकारको हदभन्दा बढी संयमतालाई मण्डलेहरुले कमजोरीको रुपमा लिएको उनले बताए । नेता गिरीले यस्ता घटनाका मतियारलाई कुनै पनि मूल्यमा यो घटनामा क्षमा दिन नहुने र उनीहरुलाई सवक सिकाउनुपर्ने बताए । File Photo/RN
प्रतिक्रिया