काठमाडौं, १६ चैत्र । नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले लोकतन्त्रको रक्षार्थ हिंसा र अराजकताविरुद्ध प्रतिकार गर्न अपिल गरेका छन् । काठमाडौंमा हिजो अनियन्त्रित भीडद्धारा गरिउको अराजक गतिविधि, लुटपाट, सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, व्यवसायीहरुमाथि नियोजित आक्रमण, स्वतन्त्र पत्रकारिताको मर्मलाई कुल्चिदै गरिएको हत्या हिंसाजस्ता क्रूरतापूर्ण घटनाले राजावादीहरूको निरंकुश, अत्याचारी, सामन्ती सोच र शैली पुनःउजागर गरेको अध्यक्ष शेर्पाको ठहर छ ।
उनले सरकारलाई यस्ता हिंसात्मक गतिविधि गर्ने र गर्न लगाउनेहरूलाई यथाशीघ्र पक्राउ गरी कानूनी कारबाही गर्न, शान्ति सुरक्षा र सुशासनको प्रत्याभूति गर्न जोडदार माग गरेका छन् । उनले दुखद घटनामा परि मृत्यु हुने सर्वसाधारण सविन महर्जन एवं रिपोर्टिङका क्रममा सहादत प्राप्त पत्रकार सुरेश रजकप्रति उच्च सम्मान प्रकट गर्दै स्व. आत्माको चिर शान्तिको कामना सहित शोक सन्तप्त परिवार जनमा हार्दिक समवेदना व्यक्त समेत गरेका छन ।
यस्तो छ उनको अपिल
हार्दिक आव्हान
लोकतन्त्रको रक्षार्थ हिंसा र अराजकता विरुद्ध प्रतिकार गरौ !
नेपालको संविधानले लोकतान्त्रिक प्रणालीलाई आत्मसात गर्दै हरेक नागरिकलाई अभिव्यक्ति स्वतन्त्रता, सभासम्मेलन गर्ने, राजनीतिक संघसंस्था खोल्न पाउने तथा शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्न पाउने अधिकार सुनिश्चित गरेको छ । तर, आज काठमाडौंमा अनियन्त्रित भीडद्वारा गरिएको अराजक गतिविधि, लुटपाट, सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, व्यवसायीहरू माथिको नियोजित आक्रमण, स्वतन्त्र पत्रकारिताको मर्मलाई कुल्चिदै गरिएको हत्याहिंसा जस्ता क्रूरतापूर्ण घटनाले राजावादीहरूको निरंकुश, अत्याचारी, सामन्ती सोच र शैली पुनःउजागर गरेको छ ।
नेपाल विद्यार्थी संघ यस्ता हिंसात्मक गतिविधिहरूको घोर भत्र्सना गर्दै स्पष्ट रूपमा चेतावनी दिन चाहन्छ कि हामी जुनसुकै वादको नाममा हुने यस्ता क्रूर, सर्वसाधारण नागरिकका घर, व्यवसायी तथा सार्वजनिक सम्पत्ति तोडफोड गर्ने, अराजकता फैलाउने, लुटपाट गर्ने जस्ता हिंसात्मक कार्यको कडा प्रतिकार गर्नेछौ । लोकतन्त्रको मर्मलाई कुल्चिने असंवैधानिक, गैरराजनीतिक तथा आपराधिक गतिविधिहरूको विरुद्धमा खरो प्रतिवाद गर्न आम नागरिक, नागरिक समाज, बुद्धिजीवी तथा विद्यार्थी साथीहरूलाई हार्दिक आव्हान समेत गर्दछौँ । साथै क्भ्भ् परीक्षामा सहभागी विद्यार्थीहरूलाई पर्न गएको असुविधा, असहज तथा त्रासपूर्ण स्थिति प्रति खेद प्रकट गर्दै विद्यार्थीको हक, अधिकार साथै सुरक्षित र शान्तीपूर्ण वातावरणमा पढ्न पाउने वातावरणको सुनिश्चित गर्न र यस दुखद घटनाका दौरान आम नागरिक, सुरक्षाकर्मी एव व्यवसायमा पुगेको जनधनको उचित क्षतिपूर्ति सुनिश्चित गर्न जोडदार माग गर्दछौँ ।
अतः नेपाल विद्यार्थी संघ सरकारलाई यस्ता हिंसात्मक गतिविधि गर्ने र गर्न लगाउने हरूलाई यथाशीघ्र पक्राउ गरी कानूनी कारबाही गर्न, शान्ति सुरक्षा र सुशासनको प्रत्याभूति गर्न जोडदार माग गर्दछ । साथै यस दुखद घटनामा परि मृत्यु हुने सर्वसाधारण सविन महर्जन एवं रिपोर्टिङका क्रममा सहादत प्राप्त पत्रकार सुरेश रजक प्रति उच्च सम्मान प्रकट गर्दै स्व. आत्माको चिर शान्तिको कामना सहित शोक सन्तप्त परिवार जनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ ।
जय नेपाल !
दुजाङ शेर्पा अध्यक्ष नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमिति
प्रतिक्रिया