ज्ञानेन्द्र शाह चुप लागेर बस्नुपर्दथ्यो, हिजोबाट गम्भीर धक्का लाग्यो : डा. दीक्षित

14
Shares

काठमाडौं, १६ चैत्र । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले पूर्वराजा ज्ञानेन्द्र शाहले सक्रियता देखाएर गल्ती गरेको टिप्पणी गरेका छन्। उनले हिजोबाट पूर्वराजा ज्ञानेन्द्र शाहमाथि गम्भीर धक्का लागेको समेत टिप्पणी गरे ।

आज राति ८ बजे प्रसारण हुने ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमको लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले अहिलेको समस्याको निकास प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा नगईकन ननिस्किने बताए । उनले अहिलेका नेताहरुले देशलाई नेतृत्व दिन नसक्ने भन्दै सबैले अनिवार्य बिदा लिनुपर्ने बताए ।