ज्ञानेन्द्रमा संवैधानिक राजा बन्ने ‘नेचर’ छैनः देउवा

0
Shares

काठमाडौं, १६ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजाको नाममा हुलहुज्जत भएको टिप्पणी गरेका छन् । नेपाली लेखक संघको आठौं अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । सभापति देउवाले पूर्वराजा ज्ञानेन्द्रले चाहँदैमा नेपालमा गणतन्त्र नहट्ने बताए ।

ज्ञानेन्द्रले कहिले पनि संवैधानिक राजा बन्ने चाहना प्रकट पनि नगरेको र उनमा संवैधानिक राजा बन्ने ‘नेचर’ पनि नरहेको देउवाले बताए । सभापति देउवाले देश गणतन्त्रको पक्षमा एकजुट रहेको बताए । सभापति देउवाले ‘पूर्वराजा ज्ञानेन्द्रले अहिले त यस्तो गर्छन्, राजा भए भने के गर्लान् ?’ भन्दै प्रश्नसमेत गरे । File Photo/RN