गृहमन्त्री लेखक माओवादी हेडक्वार्टर पुगे, प्रवक्ता सापकोटासँग ब्रिफ लिए

0
Shares

काठमाडौं, १६ चैत्र । गृहमन्त्री रमेश लेखकले माओवादी केन्द्रको मुख्यालय पेरिसडाडाको अवलोकन गरेका छन् । हिजो राजावादीको हिंसात्मक पर्दशन गरेको काठमाडौं तिनकुने क्षेत्रको अवलोकनको क्रममा गृह सचीव गोकर्णमणि दुवाडी र तीन सुरक्षा अङ्गका प्रमुख सहित माओवादीको हेडक्वार्टरको अनुगमन गरेका हुन् ।

उनलाई पार्टी केन्द्रीय कार्यालय मुख्यसचिव गणेशमान पुनले स्वागत गरेका थिए । यस्तै, पार्टी उपाध्यक्ष तथा प्रवक्ता कमरेड अग्नि सापकोटाले भेटवार्ता गरेका थिए ।

भेटको सन्दर्भमा संघीय लोकतान्त्रिक गणतन्त्रभित्र आपसी प्रतिस्पर्धा हुने, जनताको अभिमत अनुसार सरकार पक्ष र प्रतिपक्ष हुन्छ, यो स्वाभाविक कुरा हो तर जब व्यवस्था विरुद्ध कसैले उदण्डता पर्दशन गर्दछ भने त्यसको एकाकार भई प्रतिवाद गर्नुपर्ने कुरा भएको माओवादी नेता रमेश मल्लले जानकारी दिए ।