राप्रपाका सांसद धवलशमशेर राणा पक्राउ परेको सूचना संसद् सचिवालयमा पुग्यो

0
Shares

काठमाडौं, १६ चैत्र । तिनकुनेको प्रदर्शनमा राजावादीहरुको प्रदर्शनपछि उत्पन्न परिस्थितिको जिम्मेवार भन्दै पक्राउ परेका राप्रपाका सांसद धवलशमशेर राणाको पक्राउ परेको सूचना संसद सचिवालय पुगेको छ।

उनी पक्राउ परेको सूचना संसद् सचिवालयमा आईसकेको सचिवालयले जनाएको छ । उनी राजसंस्था पूनःस्थापना आन्दोलनका मुख्य सदस्यमध्ये एक हुन । उनीसँगै राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रपनि पक्राउ परेका छन् ।

आजमात्रै राणा र मिश्रलाई भेट्न राप्रपाका शीर्ष नेताहरु पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी पुगेका थिए ।