काठमाडौं, १६ चैत । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले काठमाडौंको तीनकुनेमा भएको राजावादी समूहको हिंसात्मक घटनाबारे पूर्वराजा ज्ञानेन्द्रले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन् । आज (शनिबार) बीपी चिन्तन प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै सिटौलाले पूर्वराजाको उक्साहटमा उक्त घटना भएको हो भने जिम्मेवारी लिनुपर्ने र होइन भने जवाफ दिनुपर्ने बताएका हुन् ।
‘काठमाडौंको कोटेश्वर आसपासमा राजावादीहरुले जे हिंसात्मक र दुःखद घटना घटाए । घटना पूर्वराजा ज्ञानेन्द्रको उक्साहटमा घटेको हो वा होइन ? हो भने जिम्मेवारी लिनु पर्छ, होइन भने त्यसको जवाफ दिनुपर्छ,’– सिटौलाले भने ।
साथै, नेता सिटौलाले हिजोको हिंसात्मक घटनालाई गत फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र पोखराबाट काठमाडौं फर्किदा जम्मा भएको भीडको उपजको रुपमा चित्रण गरे । सिटौलाले पूर्वराजा ज्ञानेन्द्रलाई सरकारले दिएको सम्मान र सुरक्षाको ख्याल गर्न पनि चेतावनी दिए । File Photo/RN
प्रतिक्रिया