काठमाडौं, १६ चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी मोर्चाले हिजो पचासौं हजार जनता सडकमा उतारेर ठूलो खतरा टारेको दाबी गरेका छन् । आज (शनिबार) प्रेस सेन्टर नेपालको महाधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले समाजवादी मोर्चाले हिजो कार्यक्रम राखेकै कारण धेरै धनजनको क्षति हुनबाट बचेको बताएका हुन् ।
‘समाजवादी मोर्चाले पचासौं हजारौं जनता हिजो सडकमा नउतारेको भए हिजो धेरै ठूल्ठूला दुर्घटना हुने खतरा थियो । हामीले हिजो कार्यक्रम राखेकै कारणले धेरै धनजनको क्षति हुनबाट बच्यो,’– प्रचण्डले भने ।
हिजो कार्यक्रम राखेको प्रति आफूलाई धेरैले बधाई र धन्यवाद सुनाएको पनि उनले बताए । मोर्चाले हिजो काठमाडौंको. भृकुटीमण्डपमा खबरदारी सभा राखेको थियो । यता राजावादी समूहले भने तीनकुनेमा जनप्रदर्शनको कार्यक्रम राखेका थिए । राजावादी समूहको उक्त कार्यक्रम विथोलिँदा ठूलो जनधनको क्षति भएको छ ।

प्रतिक्रिया