काठमाडौं, १६ चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको अर्थतन्त्र अप्ठ्यारोमा रहेको बेला सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा तानातान भइरहेको बताएका छन् ।
आज (शनिबार) प्रेस सेन्टर नेपालको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले गभर्नरमा योग्य मान्छे ल्याउनुपर्नेमा सत्तारूढ दलबीच तानातान नरहेको बताउका हुन् ।
‘को मेरो मान्छे, को तेरो मान्छे ? कसलाई ल्याउँदा कति फाइदा हुन्छ ? राष्ट्रलाई फाइदा होइन, आफूलाई भन्ने सोचियो भने त्यसले अर्थतन्त्र सुधार गर्न सहयोग गर्दैन,’– प्रचण्डले भने ।
प्रतिक्रिया