राप्रपाको कार्यसम्पादन समितिको बैठक जारी

0
Shares

काठमाडौं, १६ चैत्र । अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । हिजो (शुक्रबार) काठमाडौंको तिनकुनेमा राजावादीहरुको प्रदर्शनको कारण उत्पन्न परिस्थितिको बारेमा छलफल गर्न लिङ्देनले कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।

हिजोको प्रदर्शन हिंसामा परिवर्तन भएको र दुई जनाको ज्यान गएपछि लिङ्देनले हिंसात्मक गतिविधिमा आफ्नो दल सहभागी नभएको स्पष्टीकरण दिएका थिए । तर, प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरालाई नै पक्राउ गरेको छ । यसले राप्रपाले बदनामी खेपिरहेको छ । यही अवस्थामा छलफल गरेर एउटा बोल्ड निर्णय लिन उनले बैठक बोलाएका हुन् ।