काठमाडौं, १६ चैत्र । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले व्यवस्था उल्टाउँछु भन्नेलाई अब सरकारले एक्शन लिने बताएका छ्न । उनले अहिले आफूहरुको उदारतालाई राजावादीहरुले कमजोरी ठानेको पनि स्विकारे ।
आज (शनिबार) पोखरामा नेपाल सुनचाँदी व्यवसायी महासंघको १२औं साधारण सभामा बोल्दै सरकारका प्रवक्तासमेत रहेका गुरुङले यस्तो बताएका हुन् । उनले लोकतन्त्रले बोल्न र हिँड्न दिएको अधिकारलाई कमजोरी ठान्ने काम भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियतामाथि प्रश्न उठाए ।
उनले भने,‘पूर्वराजा अहिले सामान्य मानिस हो । उसलाई हिँड्ने, डुल्ने, लागेको कुरा भन्ने अधिकार दिएका छौं हामीले । तर, हामीले दिएको उदारताको कुरालाई उनीहरूले कमजोरी ठाने ।’ file photo
हिजो काठमाडौंको तिनकुनेमा राजावादीहरुको प्रदर्शन हिंसामा परिणत भएको थियो । जसमा एक जना पत्रकारसहित दुई जनाको ज्यान गएको छ ।
प्रतिक्रिया