काठमाडौं महानगरले ज्ञानेन्द्रलाई जरिवाना गर्नु हाँस्यास्पदः कमल थापा

0
Shares

काठमाडौं, १६ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवानाको लागि पत्र काट्नु हाँस्यास्पद रहेको बताएका छन् । हिजो (शुक्रबार) तीनकुनेमा राजावादीहरुले गरेको हिंसात्मक आन्दोलनका क्रममा महानगरका विभिन्न भौतिक संरचनामा क्षति पुगेको भन्दै महानगरले पूर्वराजा ज्ञानेदन्द्रको नामा ७ लाख ९३ हजारको जरिवानाको पत्र काटेको थियो ।

महानगरले काटेको सोही जरिवानाको सन्दर्भ उल्ले गर्दै थापाले भनेका छन्, ‘तीनकुनेमा चैत १५ गते भएको कार्यक्रमलाई लिएर राजा ज्ञानेन्द्रलाई जरिवाना गर्ने काठमाडौं महानगरपालिकाको निर्णय हाँस्यास्पद छ। गलत ठेगानामा पठाईएको पत्र जस्तो ‘स्टण्ट’ भयो। मेयर बालेन साहबाट यस्तो त्रुटि कसरी भयो होला, म अलमलमा छु। संयुक्त जनआन्दोलन समिति र नागरिक बचाउ अभियानले जिल्ला प्रशासनसँग स्विकृति लिएर कार्यक्रम गरेको रेकर्ड हेर्न महानगरपालिकालाई आग्रह छ। पत्रको भाषा पनि अशिष्ट र अमर्यादित छ । राजाको कुरा छोडिदिउँ । उहाँ पूर्व राष्ट्राध्यक्ष पनि हुन्छ भन्ने महानगरपालिकाले हेक्का राख्नु पर्ने थियो। पत्र फिर्ता लिनु बुद्धिमानी हुनेछ,’– उनले भनेका छन् ।