राजावादीहरुको अराजक प्रदर्शनमा सहभागी नहुन सरकारको प्रवक्ता गुरुङको अपिल, छानबिन गर्न गृह मन्त्रालयलाई निर्देशन


काठमाडौं, १९ चैत्र । सरकारका प्रवक्ता पृथ्बीसुब्बा गुरुङले राजावादीहरुको आन्दोलनमा सहभागी नहुन आम सर्वसाधारणलाई अपिल गरेका छन् । हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सार्वजनिक गर्ने क्रममा उनले यस्तो अपिल गरेका हुन् । उनले राजावादीहरु प्रदर्शनलाई अराजकहरुको प्रदर्शनको संज्ञा दिएका छन् ।

उनले तिनकुनेमा भएको घट्ना हिंसात्मक प्रदर्शन भनेका छन् । सो घट्नामा संलग्न दोषीहलाई कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिईएको जानकारी दिए । यस्तै, सबै घाईतेहरुको निःशुल्क उपचारको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिलाउने पनि उनले जानकारी दिए ।