भाटभटेनी सुपरमार्केट कोटेश्वरका सुरक्षागार्ड दुरप्रसाद पराजुली पाँच लाख पुरस्कारसहित सम्मानित

952
Shares

काठमाडौं, २० चैत । भाटभटेनी सुपरमार्केट कोटेश्वरका सुरक्षागार्ड दुरप्रसाद (कृष्णप्रसाद) पराजुलीले पाँच लाख एक हजार एक सय ११ नगद पुरस्कार पाएका छन् । गत चैत १५ गते राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनका क्रममा भाटभटेनी लुट्न छिरेका प्रदर्शनकारीहरुको बहादुरीका साथ प्रतिकार गरेको भन्दै उनलाई भाटभटेनीले उक्त पुरस्कारसहित सम्मान गरेको हो ।

उनलाई आज एक कार्यक्रमबीच भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङले उक्त पुरस्कार प्रदान गरेका हुन् । साथै, उनको पाँच ग्रेड बढुवा गरिएको पनि घोषणा भएको छ । हिंसात्मक प्रदर्शनका क्रममा भाटभटेनीमा प्रदर्शनकारीहरुले तोडफोड र लुटपाट गरेका थिए । सो क्रममा सुरक्षागार्ड पराजुलीले बहादुरीका साथ ती प्रदर्शनकारीहरुको प्रतिकार गरी थप क्षति हुनबाट बचाएका थिए ।