भाटभटेनीका मालिकले दुर्गा प्रसाईंलाई डनको संज्ञा दिए, राज्यले पुल्पल्याएर राखेकोले यो परीणाम आएको टिप्पणी

0
Shares

काठमाडौं, २० चैत्र । भाटभटेनी सुपरमार्केटका अध्यक्ष एवम् नेकपा (एमाले) का नेता मिनबहादुर गुरूङले दुर्गा प्रसाईंलाई डनको संज्ञा दिएका छन् । प्रसाईंलाई राज्यले पुल्पुल्याएर राख्दा अहिलेको परीणाम आएको गुरुङको टिप्पणी छ । चैत्र १५ गतेको तिनकुने प्रदर्शनपछि अराजकहरुले भाटभटेनीमा पसेर लुटपाट मच्चाएका थिए र त्यतिवेला कम्पनीको सुरक्षामा योगदान दिएका कर्मचारीहरूलाई सम्मान गर्न आयोजित आजको एक कार्यक्रममा सम्बोधन गर्दै गुरुङले यस्तो बताएका हुन् । दुर्गा प्रसाईंको क्रियाकलापले नेपालमा राजसंस्था नआउने उनको ठोकुवा छ ।

उनले भने,‘‘मारवाडीले यस्तो ग¥यो, त्यस्तो ग¥यो भन्दै हिँड्छ । मारवाडी देशको नागरिक होइन ? मारवाडी भगाउन सम्भव छ ? देश कंगाल बनाउने ? दुर्गा प्रसाईँ गुण्डा नाइके हो । राज्यले पुलपुल्याउँदा आज यो परिणाम देखियो । उसको क्रियाकलापले राजसंस्था फर्किँदैन, म ठोकुवा दिएर भन्छु । भाटभटेनीलाई लुटपाट गरेर राजसंस्था फर्किन्छ ? भाटभटेनीमा ढुंगा हानेर नेपालको संविधान संविधान मेटिन्छ ? हामी बुझ्दैनौँ ? यो सबै डकैत हो ।’’