भीमार्जुनको टिप्पणी : नेपालमा मानव अधिकार आयोग रहनु वा नरहनुको कुनै अर्थ छैन


काठमाडौं, २० चैत्र । संविधानविद् डा. भीमार्जुन आचार्यले नेपालमा अब राष्ट्रिय मानव अधिकार आयोग रहनु वा नरहनुको कुनै अर्थ र औचित्य बाँकी नरहेको टिप्पणी गरेकाछ न् । उनले तिनकुने घट्नामा निश्पक्ष छानबिन गर्न सरकारलाई भन्नुपर्ने बताएका छन् । फेशबुकमा स्टाटस लेख्दै आचार्यले लेखेका छन्–

राजावादी भन्दा भिन्न बन्ने होडमा निहत्था नागरिक सविन, सुरेश र आन्दोलन मै सहभागी नभएका दुई दाजु बहिनी दिनेश र रेबिका माथिको राज्य आतंकमा यस पटक हामी मिडिया, नागरिक समाज र “जीउँदा मान्छे” भन्ने सबै नराम्रोसँग चुक्यौँ। राष्ट्रिय मानव अधिकार आयोग त अब रहनु नरहनुको कुनै अर्थ र औचित्य बाँकी रहेन। एक पटक निष्पक्ष छानबिन गर् सरकार त भनौ !