काठमाडौं, २० चैत्र । नेपाल र थाइल्याण्डबीच विभिन्न सम्झौतापत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक थाइल्यान्ड भ्रमणको क्रममा दुई देशबीच पर्यटन सहयोग आदान–प्रदान गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
यस्तै, नेपाल उद्योग वाणिज्य महासंघ र थाइल्यान्डको थाई चेम्बर अफ कमर्स एन्ड बोर्ड अफ ट्रेडबीच आपसी सहकार्य तथा व्यापार–व्यवसाय अभिवृद्धिका विषयमा समझदारी भएको छ । हस्ताक्षरअघि प्रधानमन्त्री ओली र थाइल्यान्डका प्रधानमन्त्री पेतोङत्रान सिनावात्राबीच भेटवार्ता भएको थियो ।
प्रतिक्रिया