तिनकुने घट्नाबारे गृहमन्त्री लेखकलाई संसदीय समितिमा बोलाएर सोध्नुपर्ने माग

1.2k
Shares

काठमाडौं, २० चैत्र । राजावादीहरुको आन्दोलनको कारण तिनकुनेमा घटेको घट्नाको विषयमा गृहमन्त्री रमेश लेखकको धारणा लिनुपर्ने भन्दै प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले आफ्नो धारणा राखेका छन् । पछिल्लो समय तिनकुने घट्नाको विषयमा विभिन्न धारणा आएका छन् ।

सो बारे गृहमन्त्री लेखकलाई समितिमा बोलाउन कांग्रेसकै सांसदहरुले बढि जोड गरेका छन् । कांग्रेस सांसदहरु हृदयराम थानी, सरिता प्रसार्ईं र विश्वप्रकाश शर्माले गृहमन्त्रीलाई बोलाएर सोध्नुपर्ने धारणा राखे ।

थानीले त उक्त घट्नाबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै बोलाएर सोध्नुपर्ने थियो भन्ने मत राखे । तर, प्रधानमन्त्री ओली थाइल्याण्ड भ्रमणमा भएकोले गृहमन्त्रीलाई तत्कालै बोलाएर सोध्नुपर्ने बताए । कांग्रेस महामन्त्रीसमेत रहेको सांसद शर्माले भने तिनकुने घट्नाको न्यायिक छानबिन गरिनुपर्ने मत राखे । file photo